Madhav Sigdel’s Blog

Success is a journey not a destination.

Archive for the ‘Time Pass’ Category

Have ur gud time pass with some of my writings and some others that i like very much. I post here the poems, songs, gazals and other interesting stuffs.

Have fun.

सारङ्गी त रेटेपनि बोल्छ मिठै ध्वनी

Posted by msigdel on April 20, 2009

सारङ्गी त रेटेपनि बोल्छ मिठै ध्वनी
सारङ्गी त रेटेपनि बोल्छ मिठै ध्वनी
मै कसरी मधुर मनाउ निठुरलाई पनि
सारङ्गी त रेटेपनि बोल्छ मिठै ध्वनी
सारङ्गी त रेटेपनि बोल्छ मिठै ध्वनी

गाली गरौ आफ्नै ध्वनी अपवित्र भित्र हुन्छ
त्यसै बसौ असत्यको त्यसै जित हुन्छ
गाली गरौ आफ्नै ध्वनी अपवित्र भित्र हुन्छ
त्यसै बसौ असत्यको त्यसै जित हुन्छ
मुर्छा परि बरबराउछिन् सरस्वती पनि
सारङ्गी त रेटेपनि बोल्छ मिठै ध्वनी
सारङ्गी त रेटेपनि बोल्छ मिठै ध्वनी

पहिलो गल्ती रमाई रमाई दोस्रो गल्ती रोई
यो पापमा नमुछिने छैन मान्छे कोही
छमा गर्न सक्दिन म आफैलाई पनि
सारङ्गी त रेटेपनि बोल्छ मिठै ध्वनी
सारङ्गी त रेटेपनि बोल्छ मिठै ध्वनी

मै रमिता हेरिरहेछु रेटिदैछ आत्मा
को हत्यारा भनु कोही रगत छैन हातमा
किन आज डराईरहेछु मरे भन्दा पनि
सारङ्गी त रेटेपनि बोल्छ मिठै ध्वनी
सारङ्गी त रेटेपनि बोल्छ मिठै ध्वनी
मै कसरी मधुर मनाउ निठुरलाई पनि
सारङ्गी त रेटेपनि बोल्छ मिठै ध्वनी
सारङ्गी त रेटेपनि बोल्छ मिठै ध्वनी

Posted in Nepali Song Lyrics, Time Pass | Leave a Comment »

उडायो सपना सबै हुरीले

Posted by msigdel on March 18, 2009

उडायो सपना सबै हुरीले
उडायो सपना सबै हुरीले
सपना सबै हुरीले सपना सबै हुरीले
उडायो सपना सबै हुरीले

निश्चल आँखामा चोखो मायाको कस्तो अठोट थियो
निश्चल आँखामा चोखो मायाको कस्तो अठोट थियो
हिमाल जस्तो अचल रहने हाम्रो पिरति थियो
माया पिरतिको
माया पिरतिको नटुट्ने डोरी कसले काट्यो छुरीले
सपना सबै हुरीले
उडायो सपना सबै हुरीले

पुनर जनममा पुर्व जनमको केही अंश थियो
पुनर जनममा पुर्व जनमको केही अंश थियो
खोलानाला र झरना पहाडको मिठो सँगीत थियो
कहाँबाट आयो
कहाँबाट आयो अलछिने बतास उडाइलग्यो निष्ठुरीले
सपना सबै हुरीले
उडायो सपना सबै हुरीले
सपना सबै हुरीले सपना सबै हुरीले
उडायो सपना सबै हुरीले

Posted in Nepali Song Lyrics | 1 Comment »

के भुल भयो प्रिया

Posted by msigdel on March 2, 2009

के भुल भयो प्रिया म सँग बोल्दिनौ
के भुल भयो प्रिया म सँग बोल्दिनौ
उज्यालो दिन उघार्दै पर्दा रातको खोल्दिनौ
म सँग बोल्दिनौ
के भुल भयो प्रिया म सँग बोल्दिनौ

अध्यारो देख्छु मुहार तिम्रो बादल छाए झै
सुस्केरा सुन्छु चैतमा आँधी बेहेरी आए झैँ
एकान्त रोज्छौ मनमा कतै तुवाँलो छायो कि
बसन्त नआइ जिवनमा वर्षाद आयो कि
तुवाँलो छायो कि
के भुल भयो प्रिया म सँग बोल्दिनौ

दुखी छ मेरो संसार तिम्रो उज्यालो नपाउँदा
दुखी छ मेरो संसार तिम्रो उज्यालो नपाउँदा
अन्धकार छाउछ जसरी राती जुन नआउदा
रुवाई मेरो संसारलाई तिमी अरुलाई नरोज
मायाको कुरा नफर्कि्र झर्छ टाढिन नखोज
अरुलाई नरोज
के भुल भयो प्रियाम सँग बोल्दिनौ
के भुल भयो प्रिया म सँग बोल्दिनौ
उज्यालो दिन उघार्दै पर्दा रातको खोल्दिनौ
म सँग बोल्दिनौ
के भुल भयो प्रिया म सँग बोल्दिनौ
के भुल भो प्रिया

Posted in Nepali Song Lyrics, Time Pass | Leave a Comment »

 
Follow

Get every new post delivered to your Inbox.